सेयर बजार भोलिदेखि खुल्ने

नेपाल धितोपत्र बोर्ड सोमबारदेखि खुल्ने भएको छ । आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सेयर बजार सोमबारदेखि खोल्ने निर्णय गरेको हो । नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरेको लकडाउनसँगै सेयर बजार पनि बन्द भएको थियो । तर लकडाउनको बीचमा वैशाख ३० र ३१ गते गुलेको थियो । त्यसपछि सेयर बजार पुनः बन्द भएको थियो ।

बोर्डले बजार कुन मोडलमा खोल्ने निर्णय भने नेप्सेले गर्ने जनाएको छ । करिब तीन महिनापछि सरकार उद्योग व्यवसाय खोले पनि सेयर बजार भने बन्द थियो। त्यसको चौतर्फि विरोध भयो । विरोधपछि बोर्डले कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।



उक्त समितिले प्रतिवेदन बुझाई सकेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार