
नेपालमा सोमबार थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १, धनकुटाका १, गोर्खामा ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका १३, पर्वतका १३, प्युठानका ९, रौतहटका १८, रोल्पाका १, रुपन्देहीका ३, स्याङजाका ८, तनहुँका ९, धादिङका २जना रहेका छन् ।
यस्तै काठमाडौँका ६, अर्घाखाँचीका ११, चितवनका ४, कैलालीका १,पाल्पाका १३, बाराका ३, मकवानपुरका १, काभ्रेका १, ललितपुरका १, बाजुराका ९८, कपिलवस्तुका २, रुपन्देहीका २, डोल्पाका २, कालिकोटका २, दाङका ५८, रुकुमका १, कैलालीका २९ र डोटीका ६९ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ। तीमध्य १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना पुरुष रहेका छन् । यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १२१ जना संक्रमित डिसचार्ज भएका छन् ।
तीमध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन्।योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ। तीमध्य २६६ जना महिला र २ हजार ८ सय ६६ महिला रहेका छन् ।
