आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २० घण्टामा नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ जना पुरुष, सिराहाका एकजना महिला र ९ जना पुरुष, उदयपुरका २ जना पुरुष, झापाका २ जना महिला र ३ जना पुरुष र सुनसरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २ जना महिला र १९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ३ जना पुरुष, रौतहटका ५ पुरुष र महोत्तरीका २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ७ जना महिला र २० जना पुरुष, बाजुराका एकजना पुरुष, काठमाडौंका २ जना पुरुष, रौतहटका २ जना पुरुष, स्याङ्जाका एकजना पुरुष, गुल्मीका एकजना पुरुष, सिन्धुपाल्चोकका एक महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ७ जना पुरुष, भक्तपुरका एक महिला र बाग्लङुका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका एकजना पुरुष, काठमाडौंका एकजना महिला, ललितपुरका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका उकजना महिला, बैतडीका एकजना पुरुष, डोटीका एकजना महिला र १४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना महिला र५ जना पुरुष र म्याग्दीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना महिला र ८ जना पुरुष, लमजुङका ३ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एक महिला र २ जना पुरुष र तनहुँका ३ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ महिला र५ पुरुष, पाल्पाका ३ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका एकजना महिला र एकजना पुरुष, दाङका २ महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना महिला र ७ जना पुरुष,बाजुराका १६जना महिला र ३२ जना पुरुष, बाँकेका एकजना पुरुष र दैलेखका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र२ जना पुरुष, बाजुराका एकजना महिला र एकजना पुरुष, डडेल्धुराका २ महिला र डोटीका १३ महिला र २ जना पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३ हजार १ सय ९४ पुगेको छ ।

सम्बन्धित समाचार