कहाँ छन् काठमाडौंका ७१ जना संक्रमित ?

मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुष गरी १२ जना स‌ंक्रमित भेटिएको जानकारी दिए ।

काठमाडौंमा भेटिएका चार जना संक्रमित टोखा, गोकर्णेश्वर, शंखमूल र धापासीका रहेको पाण्डेले बताए । बाँकी संक्रमितहरु विदेशबाट आएर होल्डिङ सेन्टरमा रहेकाहरु हुन् । जसमध्ये दुबई, कुवेत, भारत र कतारबाट आएका व्यक्तिहरु छन् । उनीहरुको विवरण लिने काम भइरहेको महाशाखाले जनाएको छ।



यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् ।

काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघिका संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार