गण्डकी प्रदेशमा बिहानै थपिए २८ संक्रमित

गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । प्रदेशमा ६ जिल्लामा बुधबार बिहान २८ संक्रमित थपिएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।



निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन-तीन, कास्की र तनहुँका एकरएक र स्याङ्जाका आठजना छन् ।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

सम्बन्धित समाचार