दिपकराज गिरीले भने, ‘इन्टरभ्युदेखि होशियार !’

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी केही अभिनेत्रीहरूले अन्तर्वार्तामा बोलेका कुराहरू लगातार विवादमा तानिन थालेपछि कलाकार दिपकराज गिरीले इन्टरभ्युदेखि होशियार रहनुपर्ने बेला आएको बताएका छन् ।

उनले कलाकारहरुलाई विवादमा ल्याउने काम टेडा मेडा प्रश्न गर्ने पत्रकारहरुले गरिरहेकोले उनीहरुसँग सावधान रहनुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै गिरीले पत्रकारको नियत नबुझ्ने समस्याका कारण कलाकारहरु फन्दामा परिरहेको आशय व्यक्त गरेका छन् । इन्टरभ्यु दिँदा सेलेक्टिभ हुनु पर्ने उनले बताएका छन् ।



‘सबै पत्रकारको नियत राम्रो हुँदैन । ७० % TRP र headline को चक्करमा हुन्छन् । अनि किन हामी सधैँ उनीहरूको यो TRP को trap मा परेर आफ्नो व्यक्तित्व कमजोर बनाइरहेका हुन्छौँ ? राम्रो नियत भएको, headline मा जोड नदिने , सकारात्मक पत्रकारिता गर्ने साथीहरूलाई हामी कहिल्यै स्थान दिँदैनौ’, गिरीले भनेका छन् ।

उनले भनेका छन् ‘इन्टरभ्युका लागि फोन आएमा खुशी होइन, होशियार होऔँ, सकेसम्म टारौँ, नसके पत्रकारसँग प्रसस्त छलफल गरेर आफू पूर्ण रूपमा तैयार भएर मात्रै interview face गरौँ आफ्नो व्यक्तित्व आधा घन्टाको interview बाट स्वाहा नपारौँ ।’

https://www.facebook.com/deepakrajgiri84/posts/3304112109652440

सम्बन्धित समाचार