
सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
