भारतबाट सलहका थप झुण्ड आउँदै, विज्ञद्वारा सचेत रहन आग्रह

वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र एउटा झुण्ड कुशिनगरबाट चम्पारण जिल्ला तर्फ उडेको जानकारी प्राप्त भएको केन्द्रले जनाएको छ । सो सलहको झुण्ड नेपाल हुँदै दार्जिलिङ्ग र सिलिगुडीसम्म पुग्ने पूर्वानुमान रहेको छ ।

नेपालमा अहिले अरेबियन सागरबाट बहने पश्चिमरदक्षिण–पश्चिमी मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै सतहमा पूर्वीरदक्षिण–पूर्वी वायुको प्रभाव छ । अबको तीन दिन देशभरी सोही वायुको प्रभाव हुने मौसम विज्ञान विभागले पूर्वानुमान रहेको छ । यो अवस्थामा भारतका सीमावर्ती क्षेत्रमा सलहका झुण्डहरु हावाको बहावसँगै पूर्वबाट पश्चिमतर्फ आउन सक्ने सम्भावना प्रवल रहेको केन्द्रले उल्लेख गरेको छ ।



सलहको झुण्ड तराई, भित्रिमधेश तथा तल्लो पहाडी क्षेत्रका किसानलाई सजग रहन केन्द्रले आग्रह गरेको छ । अहिलेसम्म नेपालका विभिन्न झुण्डमा गरी नेपालका झण्डै ५० जिल्लामा ३६ लाखको हाराहारीमा सलह फैलिएका बताइएको छ ।

सम्बन्धित समाचार