ओलीपक्षका स्थायी समिति सदस्यलाई प्रचण्डले बोलाए खुमलटार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रकाे विवाद समाधानकाे लागि छलफललाई तीव्रता दिएका छन् । पार्टीभित्र आन्तरिक किचलो बढेपछि प्रचण्डले केपी ओलीपक्षका स्थायी समिति सदस्यलाई छलफलको लागि आफ्नै निवाश खुमलटारमा बोलाएका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागि रहेका छन् । त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।



हिजो साँझ प्रचण्डले ओलीइत्तरका नेताहरुसँग परामर्श गरेका थिए । पार्टीभित्र प्रधानमन्त्री ओलीको राजीनामाका विषयमा २ धार देखिएकोले कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा प्रचण्डले परामर्श लिइरहेका छन् ।

सम्बन्धित समाचार