गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या १ हजार नाघ्यो, २ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विहीबारगण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् ।

सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।



गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार १४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।

सम्बन्धित समाचार