घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।



यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

सम्बन्धित समाचार