ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । नेकपा निकट युवा संघले माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा बिहीबार दिउँसो प्रदर्शन गरेको हो ।

उनीहरुले प्रधानमन्त्री ओलीको तस्विर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेका छन् । लगातार ओली सरकारविरुद्ध प्रदर्शन हुँदै आएका बेला युवा संघले उनको पक्षमा प्रदर्शन भएको हो ।



पार्टी भित्र संकटमा आएका ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन नहुने प्रदर्शनकारीको भनाई छ ।

सम्बन्धित समाचार