राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले भने– ‘ओलीजी पार्टी फुटाउने तयारीमा लागिसक्नुभयो’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पार्टी फुटाउने तयारीमा लागिसकेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटरको स्थायी कमिटी बैठकमा पुगेका उनले पार्टी फुट र ऐतिहासिक एकताको मझधारमा रहेको बताएका थिए ।

राष्ट्रपति र ओलीलाई छुट्टाछुट्टै भेटेका उनले संसद अधिवेशन अन्त्य नगर्न आफूहरुले गरेको आग्रहलाई ओलीले अस्वीकार गरेको बताए । राजनीतिक दल विभाजनका लागि सहज बनाउने अध्यादेश ल्याउने तयारीमा ओली रहेको पनि उनले खुलाशा गरे । बैठकमा आउन पटक–पटक आग्रह गर्दा पनि ओली नमानेको प्रचण्डको भनाई थियो ।



प्रचण्डले पार्टी एकतालाई जोगाउन आफूहरूको अहिले पनि प्रयास गरिरहेको बताए । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाएमा इतिहासले पनि माफि नगर्ने प्रचण्डको भनाइ थियो । एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरूसँग सम्वाद जारी राख्ने प्रचण्डले बताए । स्थायी कमिटी बैठक पर्सि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सम्बन्धित समाचार