गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ४ महिला छन् भने बाँकी २८ जना पुरूष हुन् ।



संक्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार