प्रसिद्ध कोरियोग्राफर सरोज खानको निधन

हिन्दी चलचित्र जगतकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयाघातको कारणले निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो । सरोज खान भारतको फिल्म इण्डस्ट्रीको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् । आफ्नो चार दशकको लामो क्यारियरमा सरोज खानले २००० भन्दा धेरै गीतहरुमा नृत्य निर्देशन गरेकी थिइन् । तीन चोटी राष्ट्रिय पुरस्कार जित्न सफल खानका केही सम्झन लायकका गीतहरुमा संजय लिला भन्सालीको देवदासको गीत डोला रे डोला, माधुरी दिक्षीतले नृत्य गरेको तेजाबको गीत एक दो तीन र र जब वी मीटको ए इश्क हाय छन् ।



उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन् ।

सम्बन्धित समाचार