काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, चार दिनमा भेटिए ७१ जना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो दिनको तथ्यांकले नेपालमा कोरोना संक्रमण देखिएको ५ महिनापछि झनै संक्रमणको जोखिम बढेको देखाउँछ।

सरकारले गत असार १ गतेदेखि लकडाउन परिमार्जन गरेसँगै उपत्यका भित्रिने, बजारमा बढेको भिडभाड, मास्क, भिडभाड, मास्कको प्रयोग नगरिनु, साबुनपानी, सेनिटाईजरको प्रयोग नगर्नु, मानिस एक ठाउँबाट अर्को ठाउँमा आवाजावत, आवश्यक परिक्षण नगरिनु लगायतका कारण कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण फैलिँदै गएको हो।



चार दिनको अवधिमा तिव्र रुपमा बढेको संक्रमितको संख्याले पनि जोखिम बढीरहेको संकेत गर्दछ । चार दिनको बीचमा उपत्यकामा मात्रै ७१ जनामा कोरोना संक्रमण देखिएको छ। देशका अन्य जिल्ला र शहरमा पनि संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको छ । हिजो बिहीबार मात्रै एकैदिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परिक्षणमा हिजो एकैदिन १७ जना महिला र ११ जना पुरुष गरी २८ जना, भक्तपुरमा २ र ललितपुरमा थपिएका २ जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै मंगलबार १४ जना र बुधबार १७ जना भाइरसबाट संक्रमित भएका थिए।

सम्बन्धित समाचार