शुक्रवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा कमी आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार कायम भइ कारोबार भएको थियो । शुक्रवार तोलामा ५ सयले कमी आइ प्रतितोला सुनको मूल्य ९० हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै शुक्रवार तेजाबी सुनको मूल्य ९० हजार ६५ कायम भइ कारोवार भइरहेको छ । बुधवार सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात प्रतितोला ९१ हजार ७ सय पुगेको थियो ।
बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्यमा पनि १० रुपैयाँले कमि आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ९ सय ५० रहेकोमा मूल्यमा कमी आइ प्रतितोला चाँदी ९ सय ४० मा कायम भइरहेको महासंघले जनाएको छ ।