बलिउड अभिनेत्री प्रियंका चोपडाले सुरुआति दिनमा आफूबाट पनि फिल्म खोसिएको बताएकी छन्। फिल्म खोसिँदा खुब रुन गरेको उनले सुनाएकी छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हाबी परिवारवाद र नातावादका विषयमा चर्चा हुन थालेको छ। सुशान्तका प्रशंसकले बलिउडमा हुने परिवादका कारण उनले आत्महत्या गरेको भन्दै आलोचना गर्दै आइरहेका छन् ।
केही बलिउड कलाकारले पनि परिवारवादको विरोध गरेका छन् । उनीहरु पनि सुशान्तको निधनपछि बोल्न थालेका छन् । यस्तैमा अभिनेत्री प्रियंकाले पनि बलिउडमा हुने नातावादका विषयमा बोलेकी हुन् । उनले भनेकी छन्, सुरुआतमा मैले खेल्ने तयारी गरेका फिल्म खोसिने गरेका थिए । फिल्म खोसिँदा खबु रुन्थेँ ।
परिवारवाद र नातावादकै कारण आफूले खेल्ने तयारी गरेका फिल्म खोसेर अरुलाई दिने गरेको खुलाएकी छन् । जसले गर्दा सुरुआति दिनमा खुब पीडा खेपेको उनले बताएकी छन् । यससँगै उनको पूरानो भिडियो पनि भाइरल भइरहेको छ । त्यसमा पनि उनले नातावादको विषय उठाएकी थिइन् ।
बलिउडमा बाहिरबाट आउन कठिन भएको उनले बताएकी छन् । त्यस्तै, उनले बलिउड हस्तीका छोराछोरीलाई पनि टिकीरहन गाह्रो हुने गरेको बताएकी छन् । उनीहरुले सजिलै फिल्म पाउने भएपनि परिवारको शाख जोगाउने प्रेसर हुने गरेको बताएकी छन् ।