फेसबुकमा लाइभ आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले किन हटायो ?

हिजो बिहीबार फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनको भिडियो हटाउन तुलसीपुर प्रहरीले काठमाडौंमा रहेको साइबर ब्यूरोलाई पत्राचार गरेको थियो । साइबर ब्यूरो काठमाडौंले फेसबुकलाई उक्त भिडियो हटाउन पत्राचार गरेको थियो ।

घटनाको करिब ३५ घन्टापछि फेसबुकले गौतमको आत्महत्या गरेको भिडियो हटाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भिडियो हटाउनका लागि प्रयास गर्दा सम्भव नभपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले साइबर ब्यूरो काठमाडौंलाई पत्राचार गरेको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।



प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको प्याट्रन लक खोल्न नसकेपछि डिजिटल फरेन्सिक ल्याब काठमाडौं पठाउने तयारी भइरहेको सिंहले जानकारी दिए । सिंहका अनुसार माईतीमा बसेकी गौतमका परीवार रोल्पाबाट तुलसीपुर आँउदै गरेका र आत्महत्या गरेकी गौतमको शव अस्पतालमा रहेको छ ।

सम्बन्धित समाचार