सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । शनिबार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुवाटार मन्त्रीहरुलाई बोलाएर आफू भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् ।
अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो। पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्रीमाथि दवाव छ। विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएका छन्। यसअघि असार १८ गते पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै समयमा राष्ट्रपतिलाई भेटेका थिए।
यता मन्त्रीहरू र राज्यमन्त्रीहरू बालुवाटारमा जुट्न सुरु भैसकेको बालुवाटार स्रोतले जानकारी दियो । मन्त्रीहरुलाई बालुवाटार बोलाउनु र राष्ट्रपतिलाई भेट्नुले ओली कुनै महत्वपूर्ण निर्णयको तयारीमा रहेको अनुमान गर्न सकिन्छ ।