मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठद्वारा लिभोनको भाग्यशाली विजेताहरूको घोषणा

म्यारिकाको एक स्थापित ब्राण्ड लिभोनले केश स्याहारको क्षेत्रमा विविध उत्पादनहरू निर्माण गर्न सफल भएको छ र यसले प्रि–वास (क्रिम आयल), इन–वास (स्याम्पू, कण्डिसनर) र पोस्ट–वास (सिरम) जस्ता विभिन्न प्रकारका उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

लिभोन स्याम्पू र कण्डिसनरहरू विशेष गरेर नेपाली उपभोक्ताहरूलाई मध्यनजर राखेर तयार पारिएका छन् । सल्फेट र पाराबेनमुक्त फर्मुलेसनका यी उत्पादनहरू अब नेपालभर अन्य उत्पादनहरू क्रिम आयल र सिरमसँगसँगै अत्यन्त सुलभ मूल्यमा उपलब्ध भइरहेको एक विज्ञप्तिमा उल्लेख छ ।



नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरूमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ उपभोक्ता योजना संचालन गरेको छ । यस योजनाअन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरू खरिद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो योजनामा लिभोनका उपभोक्ताहरूले अत्यधिक अभिरूचि राखेर सहभागिता जनाएका छन् । हालै आयोजित विजेता घोषणा कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरूमाझ मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरूको नाम अंकित कुपनहरूमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन्, जस अनुसार यो महिनाको लागि ‘सिल्की हेयर एण्ड स्मुथ राइड’ को यामाहा फेसिनो बाइक विजेता कुपन नं. ३३४० की कपन निवासी निशा सुनुवार बनेकी छिन् । यसका अतिरिक्त अन्य १५ जना विजेताहरूले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहनेछ पनि कम्पनीले जनाएको छ । एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरू अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

लिभोन नेपाली युवतीहरू लक्षित उत्पादन छ जो स्वाबलम्वी, महत्वाकांक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेनरहित स्याम्पू र कण्डिसनरहरूका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक अलग्गै स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरू आफ्ना उपभोक्ताहरूलाई ‘गुड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार