ओली–दाहालबिच वान-टू-वान वार्ता

वर्तमान राजनीतिक अन्यौलताको अन्त्य गर्नको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो ।

उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रीत रहेको श्रोतले बताएको छ । यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबार एक्ला एक्लै छलफल चलेको हो ।



डेढघण्टा छलफल गरेका ओली दाहालबीच के सहमति भयो भन्ने खुलेको छैन । दाहाल भर्खरै बालुवाटारबाट बाहिरिएका छन् । बैठकबाट निस्कने क्रममा दाहाल अघिल्लो दिनको तुलनामा प्रफुल्ल देखिएको श्रोतले बताएको छ ।

सम्बन्धित समाचार