यी ११ स्थानमा भेटिए काठमाडौं उपत्यका ५४ संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन् ।

काठमाडौंका कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन् ।



हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन् । त्यसैगरी काठमाडौंका २८ जना, भक्तपुरका ८ जना र ललितपुरका २ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। संक्रमितमध्ये ३५ जनाको निधन भैसकेको छ ।

सम्बन्धित समाचार