केटीको गीत सुनेपछि आफूलाई रोक्न सकिनन् लता मंगेशकरले, शेयर गरिन् भिडियो

स्वर कोकिला लता मंगेशकर सोशल मिडियामा निकै सक्रिय रहन्छिन्, आफ्नो रुचि र अरुचिका बारेमा उनले जनत्लाई आफ्नो कुरा पु-याइरहेकी हुन्छिन् । हालसालै एउटा भिडियोमा लता मंगेशकरले आफ्नो प्रतिक्रिया दिएकी छिन् । बंगालमा रहने एउटा केटीले वेस्टर्न र इण्डियन म्यूजिकमा एउटा यस्तो कम्बिनेशन बनाइन्, जसले लता मंगेशकरको दिल जितिन् ।

यस्तो निकै कम हुन्छ जब लता मंगेशकरले कसैको भिडियो शेयर गरेर तारिफ गर्छिन् । तर यसचोटि ती केटीको भिडियो उनले शेयर गरेकी छिन् । उनले आशिर्वाद मात्र दिएकी छैनन् कि भिडियोलाई सराहना पनि गरेकी छिन् । भिडियो शेयर गर्दै लेखिकी छिन्, ‘नमस्कार, मलाई यो भिडियो कसैले पठाएको थियो । यी केटीले महान् अष्ट्रेलियन संगीतकारको ४० औं Symphony G Minor लाई भारतीय संगीतमा निकै सुन्दर तरिकाले गाएकी छिन् । म उनलाई आशिर्वाद दिन्छु कि उनी एउटा राम्रो गायिका बनून् ।’ लता मंगेशकरले भिडियो शेयर गरेपछि सिंगरले पनि लताजीलाई धन्यवाद दिएकी छिन् ।

लता मंगेशकरबाट मिलेको आशिर्वादपछि संदिप्ताले आफूलाई रोक्न सकिनन् र उनले स्वर कोकिलाको यस ट्वीटमा कमेन्ट गर्दै लेखिकी छिन्, “मैले साँच्ची नै तपाईलाई बाल्यकालदेखि नै पुज्दै आएकी छु । आदरणाीय लता मंगेशकरजी, आज मलाई स्वयं भगवानले नै आशिर्वाद दिएकी छिन् । मलाई यो अलावा अरू के नै चाहियो र ? ममाथि आफ्नो आशिर्वाद दिइराख्नुहोस् जसले गर्दा म आफ्नो सांगितिक यात्राको उच्च स्तरसम्म पुग्न सकूँ ! प्रणाम !’

सम्बन्धित समाचार