नवकान्तिपुर संवाददाता
मुम्बई, २४ असार ।
बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् । अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्ममा देखिएका थिए । यो फिल्मबाट यी दुवै राम्रा साथी बने पछि प्रेमसम्बन्धमा पनि परे र बिहे पनि गरे ।
यी दुईको अफस्किृन केमेस्ट्री लोभलाग्दो छ । अभिषेक र ऐश्वर्याले कैयौंपटक अनस्किृन केमेस्ट्रीबारे पनि कुरा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा अभिषेकले फिल्म चित्त बुझे ऐश्वर्यासँग अनस्किृन रोमान्स गर्न चाहेको पनि बताए । अभिषेकले ऐश्वर्यासँगको व्यक्तिगत सम्बन्ध र व्यावसायिक सम्बन्ध फरक भएको बताएका थिए । उनले भने, ‘हामीले कहिल्यै पनि केवल फिल्ममा देखिनका लागि फिल्म साइन गरेनौं ।’
‘फिल्ममा त्यस्तो होस्, जो रचनात्मक तरिकाले हरेक कलाकारको आवश्यकतालाई पूरा गर्न सकोस्, प्रोजेक्टको विषयमा निर्भर हुन्छ,’ उनले भने । यतिबेला अभिषेक घरमै परिवारका साथ बिताइरहेका छन् । लकडाउनका बेला उनले छोरी आराध्यालाई पनि समय दिइरहेका छन् । उनलाई अनुराग बासुको फिल्म ‘लुडो’ मा पनि देख्न सकिनेछ ।