नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या कति पुग्यो ?

नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ रहेको छ । आज नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा आज (बुधवार) थप २५५ जनामा कोरोना भाईरस  संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



उनका अनुसार कोभिड-१९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (मंगलवार) २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार