के अब उपत्यकामा ट्याक्सी चल्न शुरु हुन्छ ?

संघीय संसदको विकाश तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अवलम्बन गर्दै ट्याक्सी व्यवसायलाई सन्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ।

बुधबार भएको यातायात व्यवसायी तथा मजदुरसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । असार १ देखि लकडाउन खुकुलो बनाइएपनि सार्वजनिक यातायात सन्चालनमाथिको रोक भने यथावतै छ ।



यात्रुबहाक यातायात व्यवसाय सन्चालनका लागि आगामी आइतबार समितिले कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसी, यातायात मन्त्रालय र यातायात व्यवसायसँग सरोकार राख्ने पक्षसँग छलफल गर्नेछ ।

बुधबार भएको छलफलमा यातायात मजदुरले आफ्ना मागहरु पुरा नभए कफन बाँधेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार