नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।

सरिता गिरीले सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि त्यो उचित छैन भन्दै लगातार विरोध गर्दै आएकी थिइन । संसदमै उनले संविधान सांशेधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेकी थिइन् ।
उनको पार्टी समाजवादी पार्टीले उनको अभिव्यक्तिको विरोध गर्दै उनलाई कारवाही गर्न सकिने बताएको थियो । अहिले उनलाई पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई समाजवादी पार्टीले सांसद र पार्टीबाट निष्कासन गरेको छ । संसद सचिवालयले बिहीबार सूचना जारी गर्दै सिरिता गिरीको सांसद पद रिक्त रहेको जानकारी गराएको छ।
पार्टीको निर्णय अनुसार सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन् । समाजवादी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद भएकी थिइन् ।
