नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

ईलाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ईलाम, माई नगरपालिका १ पालटारस्थित सडकमा मे १ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-८ फुलबारी बस्ने २१ वर्षीय सुजन बिश्वकर्मा र ट्याक्टरमा सवार सोही नगरपालिका-१ बस्ने ११ वर्षीय नितेश गिरीलाई उपचारको लागि बिएनसीसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
