सार्वजनिक यातायात चलाउने बारेमा प्रधानमन्त्रीलाई गगन थापाको यस्तो सुझाव

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने सरकारले निर्णय गरिसकेको छ । तर यातायात व्यवसायीहरूले भने सवारी चलाउन नसकिने बताउदै आएका छन् । सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएका हुन् । यसैबीच नेपाली काँग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात चलाउने घोषणा गर्नुअघि यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवालासँग छलफल गर्नुपर्ने प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

उनले स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुपर्ने बताएका छन् । उनले भनेका छन् – ‘प्रधानमन्त्रीज्यू , सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर,स्वास्थ्य विज्ञ र सरोकारवाला सँग सामुहिक छलफल गरि व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोक्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’



सम्बन्धित समाचार