अमिताभ र अभिषेक दुबैमा कोरोना पुष्टि

बलिउड नायक अमिताभ बच्चन र उनकन छोरा अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । अमिताभलाई कोरोना देखिएपछि उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परीक्षण गरिएको थियो । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले आफू र पिता अमिताभलाई एउटै लक्षण देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरेका छन् । अभिषेकले आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परीक्षण गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।



उनीहरुको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ । परिवारका अन्य सदस्यको रिपोर्ट भने सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार