नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।
अमिताभ बच्चनको परिवारमा अमिताभ र उनका छोरा अभिषेकलाई कारोना पाजिटिभ देखिएपछि अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो । जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ । यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।
मुम्बईका मेयर किशोरी पेडनेकरका अनुसार जया, ऐश्वर्या र आराध्याको नेगेटिभ आएको थियो, तर पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । यस अगाडि शनिबार राती बरिष्ठ अभिनेता अमिताभ बच्चनले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। त्यसको केही समयपछि बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनले आफूपनि कोरोना संक्रमित भएको जानकारी ट्वीटरमार्फत दिएका थिए।
Aishwarya Rai Bachchan and her daughter Aaradhya Bachchan test positive for #COVID19. Jaya Bachchan tests negative: Maharashtra Health Minister Rajesh Tope pic.twitter.com/lpLvLGufxk
— ANI (@ANI) July 12, 2020
७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।
बच्चन परिवारमा जया, उनकी छोरी स्वेता उनका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको छ ।