संक्रमित घटे पनि जोखिम घटेको छैन, अबको परीक्षण समुदाय केन्द्रित हुने

नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या आइतबारसम्ममा १६ हजार ८ सय १ पुगेको छ, जसमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किसकेका छन् भने ३८ जनाको मृत्यु भइसकेको छ । आइतबार ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितहरूको संख्या १६ हजार ८ सय १ पुगेको हो । यसअघि शनिबार ३ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएकोमा ७० जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका संक्रमितको संख्या ८,१७४ छ । देशभर अहिले २३,७०० जनाभन्दा बढी क्वारेन्टीनमा रहेका छन् । गत असार १९ गते सर्वाधिक ७४० जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि दैनिक संक्रमितको संख्या घट्दै गइरहेको छ ।



परीक्षण र संक्रमित दुबै घट्दो क्रममा
गत जेठ २६ गते प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने प्रतिबद्धता जनाएका थिए । तर स्वास्थ्यमन्त्रीले भनेअनुसार परीक्षणको दायरा बढ्नुको सटो घट्दो क्रममा छ । सरकारले परीक्षणको दायरा बढाउने भन्दै निजी प्रयोगशालालाई समेत परीक्षणको अनुमति दिएको थियो तर शनिबार ३,६४८ जनाको कोरोना परीक्षण गरिएकोमा आइतवार ३,९१६ जनाको परीक्षण गरिएको छ । पछिल्लो केही दिन यता परीक्षणको दायरा घटेसँगै संक्रमितहरू थपिनेक्रम पनि घट्दै गइरहेको देखिएको छ ।

समुदायमा परीक्षण खोइ ?
सरकारले परीक्षणको दायरा घटाउँदै लगिरहेको बेला विज्ञहरूले भने अब समुदायमा परींक्षण गर्नुपर्नेमा जोड दिदै आएका छन् । यसअघि सरकारले विदेशबाट आएका, होल्डिङ सेन्टरमा राखिएका, संक्रमितको सम्पर्कमा रहेका र जाँचका लागि अस्पताल पुगेकाकालाई मात्र परीक्षण गर्ने गरिएको थियो । पछिल्लो केही दिन यता उपत्यकामा कोरोना भाइरस संक्रमित थपिनेक्रम बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा ट्राभल हिस्ट्री नै नभएकाहरूमा पनि कोरोना संक्रमण देखिएको छ जसले गर्दा कोरोना संक्रमण समुदायमा पुगे नपुगेकोे परीक्षण गर्नु अत्यावश्यक देखिएको छ ।

सम्बन्धित समाचार