एल्विस प्रेस्लेको नाति केओको २७ वर्षमा निधन

एल्विस प्रेस्लेको नाति र लिसा मैरी प्रेस्लको छोरा बेंजामिन स्टार्म केओको मृत्यु भएको छ । उनी २७ वर्षका थिए । केओको मृत्यु क्यालिफोर्नियाको कैलाबसासमा भएको थियो । डेडलाइन डट कमले टीएमजेडलाई उद्धृत गर्दै भनेको कि उनको मृत्यु आफूले आफैंलाई हानेको बन्दुकको गोलीको कारणले भएको थियो ।

लिसा मैरीको प्रतिनिधि रोजर विडिनाँस्कीले केओको निधनको बारेमा एउटा वक्तव्य जारी गरेका छन् । मैरीको प्रतिनिधिले भनेका छन्, ‘उनी पूर्ण रूपमा हतोत्साहित र निकै दुःखपूर्ण अवस्थामा छिन् तर आफ्नो ११ सालको जुड्वा बच्चा र आफ्नो ठूलो छोरी रिलेको लागि मजबुत बन्न कोसिस गरेकी छन् । उनी आफ्नो छोरालाई निकै प्रेम गर्थिन् ।’



केओकी बहिनी अभिनेत्री रिले केओ र उनको पिता संगीतकार डैनी केओ हुन् । डैनी र लिसाको सन् १९९४ मा सम्बन्ध विच्छेद भएको थियो ।  सन् २०१९ सालमा लिसा मैरीले आफ्नो परिवारको एउटा तस्वीर ट्वीट गरेकी थिइन् जसमा केओ पनि सामिल थिए । कैयौं व्यक्तिहरूले उनी र उनको हजुरबुबामा भएको समानताको बारेमा टिप्पणी गरेका थिए ।

सन् १९६८ मा फिल्म स्पीडवेमा एल्विस प्रेस्लीसँग अभिनय गरेकी नैन्सी सिनात्राले लिसाको लागि आफ्नो संवेदना व्यक्त गर्दै ट्वीट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले तपाईंलाई तबदेखि जान्दछु जब तपाईंको आमाले तपाईंलाई जन्म दिएकी थिइन्, मैले कहिल्यै सपनामा पनि सोचेकी थिइन कि तपाईको जिन्दगीमा यस्तो किसिमको दुःख आउनेवाला छ । मलाई ठूलो दुःख एवम् खेद छ ।’

सम्बन्धित समाचार