मेलम्ची आयोजनाको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो । परीक्षणका लागि हाल सुरुङमा पानी हालिएको छ । यसअघि पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए ।



प्रहरीका अनुसार उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरी अस्पताल पठाइएको र दुई जनाको भने खोजी कार्य भइरहेको छ ।

सम्बन्धित समाचार