‘भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका निम्ति केही फरक पर्दैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले वास्तविक अयोध्या नेपालमा रहेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई फिर्ता लिन आग्रह गरेका छन् । उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई अयोध्याबारेको आफ्नो अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्नु सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गौतमले बरू प्राविधिक तथा इतिहासविदहरूको टोली बनाई अनुसन्धान र तथ्य संकलनमा लाग्न अनुरोध पनि गरेका छन् । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेको उल्लेख गर्दै गौतमले भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरूका निम्ति केही फरक नपर्ने बताएका छन् ।



‘आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ, उनले भनेका छन् ‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।’

सम्बन्धित समाचार