नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढ्दै गएपछि मथ्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन् । पार्टी एकता जोगाउनुर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरूसँग भेटघाट गरेर विवाद मथ्थर पार्ने कोसिस गरिरहेका छन् ।
‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नु भएको छ । यो एक साता उहाँले सबै नेतालाई भेट्नु भएको छ’, महासचिव निकट स्रोतले भन्यो ।
महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन, दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाई छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।