काठमाडौंमा चल्न थाले साझा बस

साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका छन् । साझाले २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा शुरु गरेको हो । सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातका व्यवस्थापक महेन्द्र पाण्डेले बताए।

उनका अनुसार साझाका बसमा चढ्दा यात्रुले मास्क लगाउनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने छ। त्यस्तै भाडाका लागि खुद्रा पैसा बोक्नुपर्ने छ । साझाले पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको जनाएको छ ।



पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि साझाले बसको मर्मतलगायतका तयारीका काम गरेर आजदेखि सेवा दिएको हो काठमाडौं उपत्यकामा १० रुटमा साझाका बसहरु चल्दै आएका छन्।

सम्बन्धित समाचार