नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
बलिउड अभिनेता स्व. सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीलाई रेप र मडर गर्ने धम्की आएको छ । यसको बारेमा जानकारी उनले स्वयं दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी महिना दिन यता ट्रोल्सको निशानामा छिन् ।
उनलाई सुशान्तको मृत्युको जिम्मेवार रहेको आरोप समेत लगाउने गरेका छन् । अभिनेता सुशान्तको निधन भएको १५ जुलाईमा महिना दिन पुगेको छ । उनले महिना दिन पुगेको समयमा एक इमोशनल नोट लेखेकि थिइन् । तर ट्रोल्सले उनलाई ड्रामा बन्द गर्न भन्दै गाली गरेका थिए ।
एक हेटरले रियालाई रेप तथा मर्डर गर्ने धम्की दिएको उनले बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले इन्स्टाग्राममा स्क्रिनसट लिएर एक्शन लिएकी छन् ।
धम्की दिएका व्यक्तिले लेखेका थिए, ‘म यो सुनिश्चित गर्दछु कि, तिम्रो रेप र मर्डर हुन्छ, तिमी सुसाइड गर नत्र म मानिस पठाउँछु र मार्नको लागि भन्छु ।’
https://www.instagram.com/p/CCsVR4vH2TV/