थोरै यात्रुसहित चल्दैछन् उपत्यकामा सवारी साधनहरु

सरकारले छोटो दूरीका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेसँगै उपत्यकामा यात्रुबाहक सवारी साधनको चहलपहल सुरु भएको छ । सडकमा ट्याम्पुहरु, सार्वजनिक बस, माइक्रो बस, ट्याक्सी लगायतका सार्वजनिक सवारीसाधन चलेका छन् । यद्यपि सामान्य अवस्थाको जस्तो यात्रुहरु सार्वजनिक सवारीमा चढेको देखिएको छैन ।

यात्रुहरु नहुँदा अधिकांश सार्वजनिक सवारीसाधनहरु खाली–खाली देखिन्छन् । सरकारले उपत्यकाको हकमा तीन जिल्लाभित्र र मोफसलको हकमा जिल्लाभित्र चलाउन मिल्ने गरी यात्रुबहाक सवारी साधन सञ्चालन खुला गरेको थियो ।



लकडाउनको अवधिमा यात्रुबहाक सवारीसाधनले सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत भाडा बढाएर लिन सक्ने सरकारको निर्णय छ । कतिपय सवारी साधनहरुमा ज्वरो नापेरमात्र यात्रुलाई सवारी साधनमा चढाउने गरिएको छ ।

सम्बन्धित समाचार