सांसद झाँक्री भन्छिन्– अर्थतन्त्रका उपलब्धि जनताको जीवनस्तर र भान्सामा देखिनु पर्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र चलाउन नसकेको बताएकी छन् । विहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद भाँक्रीले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा पनि मुलुकको अर्थतन्त्रमा निराशामात्र हात लागेको बताएकी हुन् ।

अर्थमन्त्रीको कार्यशैली परम्परागत देखिएको र केही दशमलवमा हुने परिवर्तनलाई मात्र अर्थ मन्त्रालयले प्रगति मानेको भन्दै झाँक्रीले प्रश्न गरिन्, ‘यस्तै तरिकाले अर्थतन्त्र चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?’ साथै, उनले मुलुकको अर्थतन्त्र बिग्रिरहेको अवस्थामा सरकारलाई यस वर्ष प्रकृतिले बाहना बनाउने मौका दिएको टिप्पणी गरिन् ।



सांसद झाँक्रीले कोरोना महामारीको बहना देखाएर अर्थमन्त्री पन्छिन नमिल्ने बताइन् । अर्थतन्त्रका उपलब्धि जनताको जीवनस्तर र भान्सामा देखिनु पर्ने झाँक्रीको भनाइ थियो ।

सम्बन्धित समाचार