आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन विभागले आग्रह गरेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।



गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राती पनि भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार