यातायातसँगै के अब नेपालमा अन्तर्राष्ट्रिय उडान पनि खुल्छ ?

कोरोनाका कारणले विगत ३ महिना भन्दा बढी बन्द भएको अन्तर्राष्ट्रिय उडान नेपालमा तत्काल सुरु नहुने भएको छ । नेपालले नियमित उडान सुरु गर्न लकडाउनअघि व्यावसायिक उडान भइरहेका देशले अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने हुन्छ ।

तर त्रिभुवन विमानस्थलबाट नियमित उडान भइरहेका अधिकांश गन्तव्यमा नियमित उडानको लागि प्रतिबन्ध कायमै भएकाले नेपालले चाहेर मात्रै अन्तर्राष्ट्रिय उडान तत्काल नखुल्ने देखिएको हो । नेपालले साउन ७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ। त्यसपछि पुनः म्याद थप हुने सम्भावना बढी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।



‘अन्तर्राष्ट्रिय उडान तत्काल खोल्ने सम्भावना छैन’, मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले भने, ‘नेपालले मात्रै अन्तर्राष्ट्रिय उडान गर्छु भनेर हुँदैन। त्यसको लागि सम्बन्धित देश पनि नियमित उडान गर्न तयार हुनुपर्छ।’

सम्बन्धित समाचार