नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ । भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका नेपालीहरुमाथि ज्यादती गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।
हालै एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ ।
हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ । यसैबीच घटनाबारे भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले चासो दिएका छन् ।
उनले सामाजिक सन्जालमार्फत उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जानकारी दिएका छन् ।
https://twitter.com/seeuabhishek/status/1284001733115437057?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284015931275063298%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F07%2F17%2F384780%2F

