नेकपाले बोलायो सचिवालय बैठक

जारी स्थायी कमिटी बैठक आगामी साउन ४ गते आईतबारसम्मको लागि सारेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय समिति बैठक डाकेको छ । साउन ३ गते (भोलि) का लागि बैठक बोलाइएको खबर छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बैठकमा भोली साउन ३ गते शनिबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाउने सहमति भएको सचिवालयका एक सदस्यले जानकारी दिए ।



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मत्थर हुन सकेको छैन । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर दुईजना अध्यक्षबीच लगातार छलफल हुँदै आएको भए पनि विवाद समाधान हुन सकेको छैन ।

सम्बन्धित समाचार