दर्शकले रुचाए लोक गायक साजनको तीज गीत ‘बरी लै लै’

लोक गायक साजन कुवँरको तीज गीत ‘बरी लै लै’ले सार्वजनिक भएको छोटै समयमा राम्रो चर्चा कमाएको छ । गत आइतबार युट्युवमा सार्वजनिक भएको यस गीतले छोटै समयमा १ लाख १० हजार भ्यूज पाएको छ । गीतलाई लिएर आएका झण्डै ५ सय प्रतिक्रियामा अधिकांश सकारात्मक छन् ।

गीतमा गायक कुवँर र रञ्जना भण्डारीको स्वर रहेको छ । गीतलाई हरीप्रसाद न्यौपानेले लेखेका हुन् भने यज्ञ सापकोटाले संगीत दिएका छन् । गीतको भिडियोमा मोडल अज्जली अधिकारी र लोक गायीका टिका सानुले कम्मर मर्काएका छन् । उनीहरुलाई मानसिंह खड्का र पवन कुमारले साथ दिएका छन् ।



गायक साजन कुवँरले गीतलाई राम्रो प्रतिक्रिया मिलेको बताए । युट्युवमा आएका शतप्रतिशत सकारात्मक कमेन्टले यहि क्षेत्रमा थप संघर्ष गर्न उत्प्रेरण मिलेको कुवँरले बताए । गीत टिका सानुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो ।

हेर्नुहोस् गीतको भिडियोः

सम्बन्धित समाचार