
आइतबार राति अविरल वर्षासँगै आएको बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो।
पक्की पुल बगाएपछि आवागमन पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको बताए।
साँफे मार्तडी सडक खण्डको डुङग्रीमा २ साता अघि गएको पहिरोले सडक समेत भासिएको थियो।

