नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

नेपाल–भारत सीमाक्षेत्रमा ८ सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन् । १ हजार ८ सय ८० किलोमिटर लामो सीमा क्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४ हजार २ सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३ सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ ।
नापी विभागका अनुसार कार्यदलले हालसम्म १ हजार ७ सय ६३ वटा मर्मत गरेको छ भने २ हजार ४ सय ४५ वटा पिलर नयाँ निर्माण गरेको छ । यसअघि बिछ्याइएका पिलरमध्ये विभिन्न कारणबाट ८सय ९२ वटा हराएको विभागको भनाइ छ ।

