नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा, जागेश्वर गौतमले काठमाडौंका ८ र ललितपुरका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको हो ।

