महोत्तरीका एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

महोत्तरी गाउँपालिका–३ मोरइका एक ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ‘अस्पताल आउँदा उनी गम्भिर अवस्थामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।



उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो । ती पुरुषको बुधबार मध्यरातमा अन्त्यष्टि गरिएको उनले बताए ।

सम्बन्धित समाचार